राजनीति


राजेन्द्र महतो भन्छन् : शिक्षकले या आन्दोलन छोडून् या त दलसँगको आबद्धता त्यागून्

राजेन्द्र महतो भन्छन् : शिक्षकले या आन्दोलन छोडून् या त दलसँगको आबद्धता त्यागून्

नेपालखबर
बैशाख १५, २०८२ सोमबार १६:१२, काठमाडौँ

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनरत शिक्षकलाई आफू आवद्ध दलसँगको आवद्धता परित्याग गर्न आग्रह गरेका छन्।

सत्तासिन दलनिकट शिक्षकहरूकै माग सरकारले नसुनेर दमन गरेको भन्दै महतोले दल त्याग्न सुझाव दिएका हुन्।

‘अधिकतर शिक्षकहरू अहिलेकै सत्तासिन प्रमुख दलमा आवद्ध हुनुहुन्छ, र उहाँहरुकै सरकार छ र पनि हकहितको निमित्त संघर्ष गर्नुपरेको छ’ महतोले सोमबार विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘उहाँहरूकै सरकारले माग पूरा गरिरहेको छैन र उल्टै दमनमा उत्रेको छ। त्यसकारण यस्तो परिस्थितीमा या त उहाँहरूले सरकारको विरुद्ध आन्दोलन गर्न छोड्नु पर्‍यो। या त अधिकांश शिक्षकहरू आफू आवद्ध रहेको पार्टी कांग्रेस, एमालेको आवद्धता त्याग्नुपर्‍यो।’

अध्यक्ष महतोले शिक्षकमाथि दमन गरेको प्रति आपत्ति प्रकट गर्दै तत्काल उनीहरूका माग पूरा गर्न सरकारसँग आग्रह गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad