नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा बस्नेले परिणाम दिने गरी काम गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले आज काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै थापाले सरकारको काम परिणाममुखी हुनुपर्ने बताएका हुन्।
‘कांग्रेस सरकारमा बस्नका लागि मात्र गएको होइन,’ थापाले भने, ‘सरकारमा गएपछि कांग्रेसले काम गर्नुपर्छ, परिणाम दिनुपर्छ। रिजल्ट चाहिन्छ। हामी त रिजल्टमा काम गर्न चाहन्छौँ।’
उनले वर्तमान सत्ता समीकरणलाई निरन्तरता दिइने पनि स्पष्ट पारे।
‘हामी अहिले एमालेसँग सरकारमा छौँ,’ उनले भने, ‘कांग्रेसको तर्फबाट हाम्रो प्रतिबद्धता छ( हामी तलमाथि कुनै पोलिटिकल एड्भेन्चरमा लाग्दैनौँ। यो समीकरणलाई सहज ढंगबाट अघि बढाउँछौँ। तर, सरकारले परिणाममुखी काम गर्नुपर्छ।’
213
Shares

प्रतिक्रिया