लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेताहरुले शिक्षकहरुको सबै दोष सरकारलाई लगाएर उम्किन नमिल्ने बताएका छन्।
लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्दै उनले यसको जिम्मेवारी सरकारको नेतृत्व गर्ने सबै नेताहरुले लिनुपर्ने जिकिर गरे।
निजी क्षेत्रका विद्यालय नभए नेपालको शिक्षाको स्थिति कस्तो हुन्छ भन्ने प्रश्न गर्दै उनले सामुदायिक विद्यालयको बलमा सबैलाई शिक्षित गर्नसक्ने अवस्था नरहेको जिकिर गरे।
‘सरकारलाई दोष दिएर मात्रै हुँदैन। सरकारमाथि हामी आलोचना गर्नसक्छौँ,’ ठाकुरले भने, ‘तर निजी स्कुल रहेन भने के हुन्छ हाम्रो यो शिक्षाको अवस्था? सामुदायिक स्कुलको बलमा सबैलाई शिक्षित गर्नसक्छौँ? सक्दैनौँ।’
उनले सबै मिलेर काम गरेमात्रै देश बन्नसक्ने बताए।
423
Shares

प्रतिक्रिया