राजनीति


लिङ्देनको प्रश्न: चैत १५ गते गणतन्त्र जोगाउन थियो भने वैशाख १४ गतेको दमन केका लागि हो?

लिङ्देनको प्रश्न: चैत १५ गते गणतन्त्र जोगाउन थियो भने वैशाख १४ गतेको दमन केका लागि हो?

फाइल तस्बिर: राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन


नेपालखबर
बैशाख १५, २०८२ सोमबार ६:२२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार बानेश्वरमा प्रहरीले शिक्षक आन्दोलनमा दमन गरेपछि तीनुकने घटनालाई जोडेर प्रश्न उठाएका छन्। 

अध्यक्ष लिङ्देनले चैत १५ गते राजावादीले तीनकुनेमा गरेको प्रदर्शनमा बल प्रयोग गणतन्त्र जोगाउन थियो भने वैशाख १४ गते शिक्षकहरूविरुद्ध गरिएको बल प्रयोग के जोगाउन भनी सरकारप्रति प्रश्न उठाएका हुन्। 

आन्दोलनमा सहभागी शिक्षकहरूलाई प्रहरीले धरपकड गरिरहेको भिडिओ क्लिप्स सामाजिक सञ्जालमा सेयर गर्दै लिङ्देलनले लेखेका छन्, ‘सरकारले चैत्र १५ गते निहत्था प्रदर्शनकारी तथा सर्वसाधारणमाथि प्रहार गरेको अश्रुग्यास तथा गोली गणतन्त्र जोगाउन थियो भने आज (आइतबार) शिक्षकहरूमाथिको आक्रमण के जोगाउन गरिएको हो?’

उनले अगाडि भनेका छन्, ‘हामी लोकतन्त्र गणतन्त्रको नाममा चलाइने सबै प्रकारको दमन तथा लुटतन्त्रको विरुद्धमा छौँ।’

विद्यालय शिक्षा ऐन जारी गर्न २६ दिनदेखि आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार बानेश्वरमा झडप भएको थियो। जसमा  ६२ जना शिक्षक घाइते भएको आन्दोलन नेतृत्वकर्ता नेपाल शिक्षक महासंघले बताएको छ। 

यस घटनाप्रति सरकारमै रहेको दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले समेत आपत्ति जनाएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad