नटिङघम फरेस्टलाई पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ।
आइतबार राति वेम्बेली स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा नटिङघम फरेस्टलाई २–० गोल अन्तरले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो।
शनिबार राति भएको पहिलो सेमिफाइनलमा एस्टोन भिल्लालाई ३–० ले पराजित गर्दै क्रिस्टल प्यालेस एफए कपको फाइनलमा ्पुगेको थियो।
खेलको ५१ औँ मिनेटमा सेन्टर ब्याक जोस्को ग्वार्डियोलको गोलमा सिटीले अग्रता दोब्बर पार्यो। जोस्कोले ओमर मार्मोसको कर्नरमा हेडर गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए।
त्यसपछि खेलमा थप गोल हुन नसक्दा उपाधिका लागि सिटी र प्यालेस भिड्ने पक्का भएको हो।
Shares

प्रतिक्रिया