नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भारतको कश्मीरमा निर्दोष नागरिकहरुमाथि ज्यान लिनेगरी भएको आतंकवादी हमलाको निन्दा गरेका छन्। पीडाको यो समयमा आफूहरु भारतको साथमा रहेको समेत उनले उल्लेख गरेका छन्।
‘यो दुःख र पीडाको घडीमा, हामी भारतसँग ऐक्यबद्धता प्रकट गर्दै भारतीय जनता र सरकार, साथै नेपाली नागरिक सुदीप न्यौपानेका परिवारप्रति समेत हार्दिक समर्थन र सहानुभूति व्यक्त गर्दछौँ,’ कोइरालाले फेसबुकमा उल्लेख गरेका छन्, ‘यस जघन्य अपराधका दोषीहरूलाई न्यायको कठघरामा ल्याउनुपर्छ भन्ने हाम्रो दृढ माग छ।’
दक्षिण एसिया क्षेत्र लामो समयदेखि सीमा पार आतंकवादको पीडित रहेको समेत उनले उल्लेख गरेका छन्। ‘दक्षिण एसिया क्षेत्र लामो समयदेखि आतंकवाद, विशेषगरी सीमापार आतंकवादको घोर पीडित रहँदै आएको छ। आतंकवाद शान्ति, सुरक्षा र समृद्धिप्रति गम्भीर खतरा हो र यसले क्षेत्रीय सम्भावनाहरूलाई लामो समयदेखि थिचिराखेको छ।’
गत मंगलबार कश्मीरको पाहलगाममा निर्दोष नागरिकमाथि आतंकवादीहरुले गोली चलाइ २८ जनाको हत्या गरेका थिए जसमा नेपालका एक जना नागरिक समेत परेको थिए।
Shares

प्रतिक्रिया