समाज


कश्मीर घटनाले समग्र हिन्दू समुदायमाथि चोट, जति निन्दा गरे पनि थोरै हुन्छ : ज्ञानेन्द्र शाह

कश्मीर घटनाले समग्र हिन्दू समुदायमाथि चोट, जति निन्दा गरे पनि थोरै हुन्छ : ज्ञानेन्द्र शाह

फाइल तस्बिर


नेपालखबर
बैशाख १३, २०८२ शनिबार २१:१९, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको कश्मीरमा हिन्दू समुदायमाथि भएको हत्याको विरोध गरेका छन्।

शनिबार उनका सम्वाद सचिव फणिराज पाठकले एक सन्देश जारी गर्दै हिन्दू समुदायलाई नै मर्मान्त पार्न भएको घटनाको जति निन्दा गरे पनि थोरै हुने बताएका छन्। 

‘‘बसुधैब कुटुम्बकम’को आदर्श अबलम्बन गर्ने सनातनी बैदिक हिन्दू धर्मालम्बीहरुको दिब्य मानवीय मान्यता हो,’ शाहले भनेका छन्, ‘त्यो मान्यता विपरित यस प्रकारका जघन्य अपराध गर्नु गराइनु सर्वथा धर्म निषिद्ध पाप कर्म हो भन्ने हामी ठान्दछौँ। सम्पूर्ण विश्वक्षेत्र र समग्र हिन्दू समुदायलाई नै मर्मान्त पार्न भएको यस्ता घटनाको जति निन्दा गरे पनि थोरै हुन्छ।’ 

आतंककारी आक्रमणमा ज्यान गुमाएका एक नेपालीसहित सबै दिवंगतप्रति श्रद्धान्जली व्यक्त गर्दै भारत सरकारप्रति पनि सहानूभूति ब्यक्त गरेका छन्। गत मंगलबार कश्मीरमा आतंकवादीहरुले नेपालका एक जनासहित २८ जना पर्यटकको हत्या गरेका थिए।
May be an image of text

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad