राजनीति


भारतीय पूर्वराजदूत रञ्जित रेबारे ओलीको टिप्पणी– बडा अहंकारी, संकीर्ण मनका मान्छे

भारतीय पूर्वराजदूत रञ्जित रेबारे ओलीको टिप्पणी– बडा अहंकारी, संकीर्ण मनका मान्छे

नेपालखबर
बैशाख १३, २०८२ शनिबार १५:५४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि पूर्वभारतीय राजदूत रन्जित रेको आलोचना गरेका छन्।

नेपालको आफ्नो कुनै पहिचान छैन भन्ने अभिव्यक्ति दिएको भन्दै उनले रेलाई अहंकारी र संकीर्ण मनका मान्छे रहेको टिप्पणी गरेका छन्। 

‘एउटा राजदूतले भनेको, नेपाललाई होच्याउन खाज्या हो त्यो। ती व्यक्तिमा बडाराष्ट्र अहंकार छ,’ एमाले संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्दै भने, ‘तिनले देशको सार्वभौमिकता भन्ने बुझ्दैनन्। स्वाधीनता भन्ने कुरा बुझ्दैनन्। तिनले आकार मात्रै हेर्छन्।’

रेले केही समयअघि भारतको एउटा टेलिभिजन कार्यक्रममा नेपालको आफ्नै पहिचान नभएको टिप्पणी गरेका थिए। नेपालमै लामो समय राजदूत भएर गएको मान्छेले त्यस्तो बोलेको भन्दै ओलीले उनको चर्को आलोचना गरे। यद्यपि, त्यसलाई भारतकै दृष्टि भने मान्न नहुने बताए।

‘नेपालमै राजदूत भएर कति वर्ष बसेर गएको मान्छेको बोलाइ के हो?’ ओलीको भनाइ छ, ‘यस्ता मान्छेहरूका, बकबास गर्ने मान्छेहरूका पछाडि हामी लाग्ने होइन। ती हाम्रो सर्वाभौमसत्तालाई सम्मान गर्न नसक्ने, संकीर्ण मनका मान्छे हुन्। यस्ता एकाध मान्छेहरूले केही भने भनेर त्यसलाई फेरि देशकै सोचाइ हो, देशकै दृष्टि हो भनेर बुझ्नुहुँदैन।’

यस्तो थियो ओलीको भनाइ:
एउटा पूर्वराजदूतले मैले अस्ति बोल्दै गरेको सुनेको थिएँ, नेपालको आइडेन्टिटी नै केही छैन। हामीजस्तै भात खान्छन्। हामीजस्तै दाल खान्छन्। हामीजस्तै तरकारी खान्छन्। 

सन्चो छ कि छैन? अचम्म लाग्यो क्या। के भन्या? नेपालको के आइडेन्टिटी छ?परिचय नै छैन नि नेपालको, हामीजस्तै दालभात खान्छन्। सबै कुरा मिल्छ। महिलाहरूले सारी लाउँछन्, पुरुषहरूले प्यान्ट, सर्ट अथवा दौरा-सुरुवाल लाउँछन्।

एउटा राजदूतले भनेको। नेपाललाई होच्याउन खाज्या हो त्यो। ती व्यक्तिमा बडाराष्ट्र अहंकार छ। तिनले देशको सार्वभौमिकता भन्ने बुझ्दैनन्। स्वाधीनता भन्ने कुरा बुझ्दैनन्। तिनले आकार मात्रै हेर्छन्। सार्वभौमिकता बुझ्दै बुझ्दैन। साइज बुझ्छ। 

नेपालमै राजदूत भएर कति वर्ष बसेर गएको मान्छेले, बोलाइ के हो? यस्ता मान्छेहरूका, बकबास गर्ने मान्छेहरूका पछाडि हामी लाग्ने होइन। ती हाम्रो सर्वाभौमसत्तालाई सम्मान गर्न नसक्ने, संकीर्ण मनका मान्छे हुन्। यस्ता एकाध मान्छेहरूले केही भने भनेर त्यसलाई फेरि देशकै सोचाइ हो, देशकै दृष्टि हो भनेर बुझ्नुहुँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad