राजनीति


एमसीसी रोकिने संकेत गर्दै ओलीले भने– यो ठिक तरिका होइन

एमसीसी रोकिने संकेत गर्दै ओलीले भने– यो ठिक तरिका होइन

नेपालखबर
बैशाख १३, २०८२ शनिबार १६:१७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी परियोजना नेपालमा नरहने संकेत गरेका छन्। शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले कतिपयले एमसीसी नेपालमा रहने बताइरहेको भए पनि त्यस्तो नहुनसक्ने टिप्पणी गरे।

‘हामी त्यति सजिलो अवस्थामा छैनौँ, विश्वव्यवस्था जुन भनिन्थ्यो, त्यो धेरै खलबलिएको छ,’ ओलीले भने, ‘एमसीसी अझै चारवटा देशमा रोकिएको छैन, हाम्रोमा पनि आउँछ कि भन्ने कतिपयको कुरा छ। त्यसो नहुन सक्छ। हाम्रोमा नआउनसक्छ। कहीँ पनि नजान सक्छ एमसीसी अब। अब एमसीसी आएन भने के गर्ने त? हामी के गर्छौं त? त्यसमा सहने बाहेक अरु के उपाय छ त? सहन्छौं।’

उनले राष्ट्रहरुसँग गरिएको सम्झौता देशभन्दा पनि माथि हुने भन्दै त्यसरी रोक्ने अमेरिकी तरिका ठिक नभएको समेत टिप्पणी गरे। ‘यो ठिक तरिका होइन, राष्ट्रहरुसँग गरिएका सम्झौता आफ्नो देशभन्दा माथि हुन्छ,’ ओलीले भने, ‘तर, अमेरिकाको संसद् सिनेटले पनि पास गरेको। हाम्रो संसद्मा पनि उहाँहरुकै आग्रहमा पास गराइएको। त्यस्तो प्राजेक्ट जसमा प्रसारण लाइनका लागि हामीले जग्गा मुआब्जा दिएका छौँ। चर्कै मुआब्जा दिएका छौँ। त्यो नबन्ने हो भने त्यो के गर्ने?’

उनले थपे, ‘यसबाट हामी निराश भएर जाँदैनौं, सामना गर्छौं।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad