राजनीति


सरकार परिवर्तनबारे ओलीको जवाफ: १४ महिनापछि राजीनामा दिन्छु

सरकार परिवर्तनबारे ओलीको जवाफ: १४ महिनापछि राजीनामा दिन्छु

फाइल तस्बिर


नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १७:३०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस-नेकपा एमालेबीचको गठबन्धन दायाँबायाँ नहुने बताएका छन्। आज शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले १४ महिनापछि आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने ठोकुवा गरे। 

सत्ता परिवर्तनको कुरा केहो? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै ओलीले भने, 'अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ।'

पछिल्लो समय कांग्रेस-एमालेबीच गठबन्धनमा खटपट भएको चर्चा चलिरहेको छ। शुक्रबारमात्रै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी बैठकमा सत्तागठबन्धनबारे कांग्रेस सभापति देउवासँग कुरा गर्ने बताएका थिए। 

यता आजै थाइल्यान्डबाट स्वदेश फर्किएका सभापति देउवाले सत्ता गठबन्धनमा केही समस्या भएको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad