राजनीति


राज्यमन्त्री रहँदा तामाङले गभर्नर नियुक्तिका लागि ‘२० करोड डिल गरेको प्रमाण फेला परेको’ बस्नेतको दाबी

राज्यमन्त्री रहँदा तामाङले गभर्नर नियुक्तिका लागि ‘२० करोड डिल गरेको प्रमाण फेला परेको’ बस्नेतको दाबी

फाइल तस्बिर: महेश बस्नेत र पूर्णबहादुर तामाङ


नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १२:४६, काठमाडौँ

सत्ता नेतृत्वकर्ता दल नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले गभर्नर नियुक्तिका लागि ‘२० करोड डिल गरेको प्रमाण फेला परेको’ दाबी गरेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई राज्यमन्त्री पदबाट हटाएको भोलिपल्ट बिहीबार पूर्वमन्त्रीसमेत रहेका एमाले नेता बस्नेतले तामाङविरुद्ध त्यस्तो गम्भीर आरोप लगाएका हुन्। 

‘ऊर्जा राज्यमन्त्री भएको आडमा कुलमान जोगाएको नाटक गर्दै कुलमानसँग मिलेर अर्बौँको ठेक्कापट्टामा मिलोमतो र अनियमितता गर्छ’, बस्नेतले सामाजिक सञ्जालमा दाबी गरेका छन्, ‘अझै खतरनाक कुरा त राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्रीज्यूले बर्खास्त गर्नुभयो।’

प्रधानमन्त्री ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नरमा राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टलाई नियुक्त गर्ने सहमति भएको छ। तर यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ।  

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
    ad ad