कारोबार


भावी गभर्नरसम्बन्धी रिटमा तेस्रो दिन पनि हुनसकेन सुनुवाइ

भावी गभर्नरसम्बन्धी रिटमा तेस्रो दिन पनि हुनसकेन सुनुवाइ

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १४:५८, काठमाडौँ

नेपाल राष्ट्र बैंकको भावी गभर्नर नियुक्तिसम्बन्धी सर्वोच्च अदालतमा परेको रिटमा लगातार तेस्रो दिन पनि सुनुवाइ हुनसकेको छैन। 

मंगलबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिए पनि सुनुवाइ हुन नसकेको हो। 

अधिवक्ता विशाल थापालगायतले भावी गभर्नरमा राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टलाई नियुक्त गर्नलागेको भन्दै सर्वोच्चमा पूरक निवेदन दिएका थिए। 

त्यसको पेसी तोकिए पनि आइतबारदेखि नै सुनुवाइ हुन नसकेको हो। 

रिटमा गभर्नरमा गुणाकरको योग्यता नपुग्ने दाबी गर्दै रोक्न माग गरिएको छ। 

त्यसअघि अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक नियुक्तिसम्बन्धी मापदण्डमा सरकारले गरेको उमेर हद संशोधनविरुद्ध थापालगायतले नै दिएको रिटमा अल्पकालीन आदेश भएको थियो। सो रिटमा गुणाकरविरुद्ध पूरक निवेदन दर्ता गरिएको थियो। 

त्यसमा पनि अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ तर सुनुवाइ भने सर्दै आएको छ।

सर्वोच्चले रिट र पूरक निवेदन एकसाथ राखी सुनुवाइ गर्न दिनहुँ पेसी तोक्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad