भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब पेन्सन सुविधा नपाउने भएका छन्।
आज बुधबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कर्मचारीको हकमा पेन्सन नपाउने विषयमा दलहरूबीच सहतमति जुटेको हो।
समितिका सभापति रामहरि खतिवडाले भने, 'निवृत्तिभरण पाइरहेको व्यक्ति भ्रष्टाचार, सरकारी वा सार्वजनिक लिखित किर्ते, राज्यविरुद्धको अपराध, लागुऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, शरीर बन्धक, जबरजस्ती करणी, बहुविवाह वा नैतिक पतन देखिने अन्य फौजदारीमा अदालतबाट दोषी ठहरिए निवृत्तिभरण नपाउने विषयमा सहमति छ।'
अहिले भने भ्रष्टाचार गरेको पुष्टि भएका सेवानिवृत्त सरकारी कर्मचारीले पनि पेन्सन सुविधा लिइरहेका छन्।
Shares

प्रतिक्रिया