राजनीति


भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्छन्, हाम्रालाई मतलव छैनः गुरुङ

भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्छन्, हाम्रालाई मतलव छैनः गुरुङ

नेपालखबर
बैशाख १०, २०८२ बुधबार ११:३३, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल हिन्दू धर्मावलम्वीहरुको तपोभूमि भएपनि सरकारले प्रचार गर्न नसकेको बताएका छन्।

मंगलबार जनकपुरमा आयोजित नेपालको समृद्धिमा भारतको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको परिचय दिलाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति, लुम्बिनी, मुक्तिनाथ, जनकपुरधाममा गएर ध्यान गर्ने र प्रचार प्रसार गरिदिएको तर नेपालकै प्रधानमन्त्रीहरुले चासो नदिने गरेको उल्लेख गरे। 

नेपालका धामहरुको प्रचार प्रसार गर्ने हो भने भारतबाट वर्षेनी ठूलो संख्यामा धार्मिक पर्यटकहरु भित्र्याउन सकिने बताए। पशुपतिनाथमा चढाएको जलहरिको विषयमा नेपालीहरु आलोचना गरेर बस्ने गरेको र त्यसले अनास्था फैलिएको गुरुङको भनाइ छ।

‘हामीले भारतीय सेनामा भर्ती रोक्यौँ, तर मान्छेले खोज्दै जाँदा बाँच्नका लागि कतिसम्म गर्छ भन्नेकुरा त युक्रेन र रसियाको युद्धमा नेपालीहरु भर्ती भएर होमिएको कथा र व्यथा सुन्दा पनि त हामीलाई स्पष्ट हुन्छ,’ उनको भनाइ छ, ‘हामी नेपालीहरुले अभावमा आफूलाई बाच्नका लागि कहाँसम्म पुर्‍याउने गर्दछौँ। भूमिका खोज्दै गर्दा पहिला आफ्नो भूमिकाको पहिचान गर्ने की छिमेकीको भूमिका खोज्ने हो? भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथमा आएर पूजा गर्नुहुन्छ, तर हामी त्यही पशुपतिनाथको जलहरिको विषयमा झगडा गरिरहेका हुन्छौँ। हामीले आस्था जगायौँ की अनास्था फैल्यायौँ। भारतीय प्रधानमन्त्री पशुपतिनाथमा मात्र नभइ जानकीधाममा पनि आउनुभएको छ। मुक्तिनाथ धाममा गएर पूजा गर्नुहुन्छ, लुम्बिनीमा गएर घण्टौँ ध्यान गर्नुहुन्छ। तर हाम्रो प्रधानमन्त्रीले ध्यान गरेको कुरा कहिल्यै सुन्नुभएको छ। कहिल्यै समाचारमा आएको छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad