राजनीति


भारतीय विद्युतमन्त्री पुगे मुक्तिनाथ

भारतीय विद्युतमन्त्री पुगे मुक्तिनाथ

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १०:५०, मुस्ताङ

भारतका विद्युत् तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजार्चना गरेका छन्। 

उनको साथमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि मुक्तिनाथको पूजार्चना गरे।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार दुवै देशका ऊर्जामन्त्रीका साथ नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र  १६ सदस्यीय टोली मुस्ताङ आएको हो। 

टोलीलाई मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले टीका र प्रसाद प्रदान गरेका थिए।

त्यसअघि उक्त टोलीलाई प्रमुख जिल्ला अधिकारी भुसालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिहरूले स्वागत गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad