ad ad

राजनीति


पूर्वराजा ज्ञानेन्द्रद्वारा कोरोना कोषलाई २ करोड

पूर्वराजा ज्ञानेन्द्रद्वारा कोरोना कोषलाई २ करोड

नेपालखबर
चैत १८, २०७६ मंगलबार १३:२२,

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड रुपैयाँ दिएका छन्। पूर्वराजपरिवार आबद्ध हिमानी कोषमार्फत पूर्वराज परिवारले सो सहयोग गरेको हो।

मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै पूर्व राजा ज्ञानेन्द्रले लकडाउन बाध्यात्मक परिस्थिति भएको उल्लेख गर्दै यसप्रति अनुशासित बन्न पनि सबैसँग आग्रह गरेका छन्।

उनले महामारीको यस क्षणमा ज्यानको परबाह नगरी खट्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सेना प्रहरीलगायत सबै सुरक्षाकर्मीप्रति आभार प्रकट गरेका छन्।

पूर्व राजाले राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्र सरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भै रहेकोमा प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउन आग्रह पनि गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .