ad ad

राजनीति


कृत्रिम अभाव र कालोबजारीः प्रदेश १ मा अनुगमन समिति गठन

कृत्रिम अभाव र कालोबजारीः प्रदेश १ मा अनुगमन समिति गठन

नेपालखबर
चैत १८, २०७६ मंगलबार १३:४४,

प्रदेश १ का मुख्यमन्त्री शेरधन कोरोना भाइरस संक्रमणको आशंका गरिएका नागरिकको पहिचानमा जुटन प्रदेशका सबै स्थानीय तहहरुलाई निर्देशन दिएका छन्।

मंगलबार कोरोना भाइसरको रोकथाम तथा प्रतिरक्षाका लागि गठित स्थानीय तह सम्पर्क, समन्वय, प्रचार प्रसार तथाजनचेतना समितिको बैठकमा मुख्यमन्त्री राईले कोरोना भाइरस संक्रमणको आशंकाभएका सबै व्यक्तिको पहिचान गर्न स्थानीय तहहरुलाई निर्देशन दिएका हुन्।

उनले विदेशबाट आएका, होम क्वारेन्टिनमा रहेका र क्वारेन्टिनमा राख्नुपर्नेको तथ्यांक संकलन गर्न आग्रह गरे।

बैठकले कोरोना भइरसको विरुद्ध लडन स्थानीय पालिकाहरुको नेतृत्वमा स्थानीय तहमा विभिन्न समिति निर्माण गर्ने, प्रदेशका सबै स्थानीय तहको तथ्यांक संकलन गर्ने, राहात वितरणको कामलाई एकद्वार प्रणालीबाट वितरण गर्ने, स्थानीय तहले तथ्यांकहरु दैनिक मुख्यमन्त्री कार्यलयमा पठाउने, स्थानीय पालिकाहरुसँग नगरपालिका महासंघ, गाउँपालिका महासंघ, जिल्ला समन्वय समितिहरुले समन्वय गर्ने लगायतका निर्णय गरेको छ।

लकडाउनको अवधिमा कृत्रिम अभाव हुन नदिन र नागरिकलाई पर्ने समस्याका विषयमा अनुगमन गर्न आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्वोको संयोजकत्वमा १० सदस्यीय अनुगमन समिति गठन गरिएको छ। समितिको सदस्यमा राज्यमन्त्रीहरु, विपक्षीदलका नेता, समाजवादी पार्टी, लिम्बुवान पार्टी र राप्रपाका नेता, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रमुखन्यायधिवक्ता र मुख्यमन्त्रीका आर्थिक सल्लाहाकार रहेका छन्।

कोरोना सम्बन्धी तत्कालको नागरिकलाई राहत, उद्धार गर्नुपर्ने वा उजुरी, गुनासो र सुझाव भए प्रदेश सरकारले स्थापना गरेको कोरोेना सूचना डेस्कमा र मोवाइल एप्लिकेशनमार्फत जानकारी दिन समेत बैठकले सबैलाई अपिल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .