ad ad

राजनीति


संकटको बेला बिरामीको उपचार नगर्ने अस्पतालको लाइसेन्स खारेज हुन्छः मुख्यमन्त्री राउत

संकटको बेला बिरामीको उपचार नगर्ने अस्पतालको लाइसेन्स खारेज हुन्छः मुख्यमन्त्री राउत

शैलेन्द्र महतो
चैत १८, २०७६ मंगलबार १३:१६,

कोरोना संक्रमण नियन्त्रणको लागि जस्तो सुकै कदम चाल्न सुरक्षा अधिकारीहरुलाई प्रदेश २ सरकारले निर्देश दिएको छ।

मंगलबार प्रदेश तथा आठै जिल्लाका सुरक्षा अधिकारीहरुसँग कोरोना रोकथाम तथा नियन्त्रणको विषयमा छलफल गर्दै प्रदेश सरकारले यस्तो निर्देशन दिएको हो।

बैठकमा मुख्यमन्त्री लालबाबु राउतले अहिलेको अवस्थामा कुनै इन्तु किन्तु नभई जनताको जन धनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन दिएका हुन्।

कोरोना भाइरसका कारण विश्वनै त्रसित भएको बेलामा समान्य रुघा खोकी समेतको उपचारमा चिकित्सक तथा अस्पतालहरुले हेलचक्र्याईं गरि रहेको गुनासो आएको भन्दै मुख्यमन्त्री राउतले त्यस्ता अस्पताल र चिकित्सकहरुलाई सूची तयार गरि प्रदेश सरकारमा पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए।

उनले भने ,‘ राज्यको सुविधा प्रयोग गरेर संकटको बेलामा बदमासी गर्ने जो कोहीलाई पनि कारबाही गर्छौ, तपाइँहरु सिफारिस गर्नुस् लाइन्सेन्स खारेजीसम्मको कारबाही हुन्छ।

महामारी नियन्त्रणको लागि आवश्यकता अनुसारको व्यवस्था जिल्ला स्तरमै गर्न सुझव दिँदै मुख्यमन्त्री राउतले रकमको भाव हुन नदिने प्रतिबद्धतासमेत जनाए।

बैठकमा सुरक्षा निकायका प्रमुखहरुले राखेको जिज्ञासामा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र उद्योग, पर्यटन तथा वन मन्त्री राम नरेश रायले सम्बन्धित विषयहरुमा आ–आफनो धारणा राखोका थिए।

बैठकमा चार वटै सुरक्षा निकायका प्रदेश प्रमुखहरु, आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रहरी उपरीक्षकहरु सहितको उपस्थिति रहेको थियो।

प्रमुख जिल्ला अधिकारीहरुले महामारी नियन्त्रणको लागी जिल्लामा गरेका प्रयासहरु, र अगामी दिनमा गर्नु पर्ने योजना बारे जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .