ad ad

राजनीति


सरकारलाई ११ बुँदे सुझाव दिँदै कांग्रेसले भन्यो, ‘युद्धस्तरमा अघि बढौं’

सरकारलाई ११ बुँदे सुझाव दिँदै कांग्रेसले भन्यो, ‘युद्धस्तरमा अघि बढौं’

नेपालखबर
चैत १८, २०७६ मंगलबार १२:४३,

नेपाली कांग्रेसले परिस्थितिको समीक्षा गर्दै युद्धस्तरमा अघि बढ्न सरकारलाई सुझाव दिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारलाई ११ बुँदे सुझाव दिँदै आफूहरु सरकारसँगै रहेको बताएका छन् ।

विश्वब्यापी फैलिएको कोरोना भाइरससँग जुध्न नेपाल सरकारले निर्धारण गरेका रणनीतिहरुलाई सबैले आत्मसात गर्न जरुरी रहेको जनाउँदै कांग्रेसले एक पुरानो र अनुभवी दलको नाताले चुनौती सामना गर्न सरकारलाई हरतरहले सघाउन तत्पर रहेको र सघाइरहेको पनि स्मरण गराएको छ।

सभापति देउवाले लक डाउनलाई अझ इमानदारीसाथ पालना गर्न र गराउन पार्टी पंक्ति एवं जनसमुदायसँग अपिल पनि गरेका छन्।

यस्ता छन् देउवाले दिएका ११ बुँदे सुझाव
१) हालसम्मको आफ्नो कार्य प्रगति र कमजोरीको वस्तुगत समिक्षा गरेर सरकारलाई प्रभावकारी रूपमा गति बढाउन आग्रह गर्दछु।

२) आयात पश्चात् पनि पीपीईलगायत अत्यावश्यक सामग्री आज चैत १८ मध्याह्नसम्म पनि कयौं ठाउँमा नपुगेको विवरण प्राप्त भएको छl तत्काल सामग्री पुर्‍याउन अपिल गर्दछुl

३) स्वास्थकर्मीहरुको उच्च मानवीय भावना र समर्पणले यो भाइरसलाई परास्त गर्न सकिने हो अत: नेपालभरिका स्वास्थकर्मिहरुप्रति हामी सबै नेपालीको गहिरो भावनात्मक स्नेहको साथ रहेकोे स्मरण गराउँदछुl

४) आर्थिक राहतको ब्यवस्थित प्याकेज घोषणा गर्न हामीले अपिल गरि आएका थियौंl आएको प्याकेज एक हदसम्म सकारात्मक भएपनी यो पर्याप्त छैनl ब्याजको किस्ता तिर्ने समयावधि थपेर मात्र पुग्दैनl सबै खाले ब्यवसायीको ऋणको ब्याज घटाएर राज्यले प्रतिकुलतामा राहत अनुभुती गराउनु पर्दछ l अझ २० लाखसम्म ऋण लिएर ब्यवसाय गरिरहेका साना ब्यवसायीका हकमा ३ महिनासम्मको ब्याज मिनाहा नै गर्न म फेरि पनि सरकारलाई अपिल गर्दछुl

५) रोजगार कार्यक्रमका नाममा अघिल्लो वर्ष अनुत्पादक ढंगले अर्बौं रुपैयाँ ब्यय भएको थियोl लक डाउनको यो समयमा कष्ट भोगिरहेका बेरोजगारहरु एवं अध्ययनका लागि शहरी क्षेत्रमा डेरा बसेका विद्यार्थीलाई फरक राहतको कार्यक्रम ल्याउनु सरकारको दायित्व रहेकोे फेरि पनि स्मरण गराउँदछुl

६) लक डाउनले ब्यवसायलाई परेको प्रत्यक्ष असरले बिज्ञापनको क्षेत्रलाई सोझै आघात पुर्‍याएको छl परिणाममा संचार माध्यमहरुले पनि त्यसको असर ब्यहोर्नुपर्नेछl अत राज्यको चौथो अंग तथा त्यसमा कार्यरत श्रमजीवी पत्रकारको हकमा अलग्गै राहत योजनाको निर्माण गर्न म सरकारलाई आग्रह गर्दछुl

७) ज्यालादारी श्रमिकलाई राहत यथासिघ्र पुर्‍याउने फास्ट ट्र्याकको विधि निर्माण र कार्यान्वयन गर्न म तिनै तहको सरकारलाई अपिल गर्दछुl

८)  लक डाउन लम्ब्याउनु पर्ने स्थितिले विभिन्न ठाउँमा फस्न पुगेका नेपालीलाई निकै कष्ट पुगेको विवरण हामीले प्राप्त गरिरहेका छौंl देशको विभिन्न भागबाट आफ्नो घर जान चाहेका तर लक डाउनका कारण जान नपाइ अप्ठ्यारोमा परेकाहरुका लागि वैकल्पिक उपाय निर्माण गर्न म सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछुl

९) नेपालमा रहेका आफ्ना नागरिक कयौं देशले चार्टर विमान द्वारा उद्दार गरि स्वदेश लगिरहेका छन्l विभिन्न देशबाट आफ्नो देश फर्कन चाहनेहरुको हकमा तथा अध्ययन,श्रम र तिर्थ यात्रा क्रममा भारतको विभिन्न राज्यमा अड्किएका नेपालीहरुको उद्दार गर्न सरकारले जरुरी कुटनैतिक पहल गर्न अत्यावश्यक छl उद्दार पूर्वको अवस्थामा आवश्यक गासबासको ब्यवस्थापनका लागि दूतावास मार्फत स्थानीय रूपमा पहल गर्नपनि सरकारलाई आग्रह गर्दछुl

१०) भारतको विभिन्न ठाउँमा रहेका नेपाली महाकाली पारी सयौंको संख्यामा आइपुगेर दार्चुला प्रवेश गर्न चाहदा उत्पन्न जटिलताको ब्यवहारिक हल खोज्न म सरकारलाई अनुरोध गर्दछुl कडाइका साथ प्रवेश,परिक्षण र क्वारेन्टाइन सुनिश्चित गर्न या अन्य वैकल्पिक प्रक्रियाले तत्काल समस्या समाधान गर्न म ध्यानाकर्षण गराउँदछुl

११)  संयुक्त अरब इमिरेट्स (यूएई)ले रोजगारदाता कम्पनीहरुलाई आफ्ना श्रमिक कटौती गर्न या बेतलबी बिदामा राख्न पाइने गरि हालै प्रक्रिया सुरु गरेको बिषयमा नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छl यसले नेपाली श्रमिकलाई पर्न सक्ने असर र उत्पन्न गर्ने जटिलताप्रती नेपाल सरकारको सजगताका लागि विशेष ध्यानाकर्षण गराउँदछुl

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .