प्रधानमन्त्री केपी शर्मा ओलीले १५ महिनापछि आफूले पदबाट राजीनामा दिने दोहोर्याएका छन्। नयाँ शक्ति भनिनेहरूले राजीनामा कहिले दिने भनेर सोधिरहेको बताउँदै ओलीले १५ महिनाको भाका दिएका हुन्।
ओलीले नयाँ शक्ति भनेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई इंगित गरेका हुन्। सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएसँगै रास्वपाकी नेत्री तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले राजीनामा प्रधानमन्त्रीले दिनुपर्ने भए पनि शिक्षामन्त्रीको आएको भन्दै कटाक्ष गरेका हुन्।
ओलीले आज कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यसबारे जवाफ दिए।
उनले भाषणको क्रममा मिडियामाथि पनि कटाक्ष गरे।
'पर्ख पर्ख मैले १५ महिनामा राजीनामा दिन्छु। प्रधानमन्त्रीको राजीनामा कहिले भनेका छन्?,' उनले भने, 'मैले भन्छु १५ महिनामा राजीनामा दिन्छु। पर्ख पर्ख १५ महिनामा राजीनामा दिन्छु। पत्रिकालाई अरु नै बनाउन मन होला।
ओलीले शेरबहादुर देउवा थाइल्यान्ड गएको विषयलाई तोडमोड गरेर प्रचार गरिएको भन्दै मिडियामाथि प्रश्न गरे।
'कांग्रेस र एमाले मिल्नुहुँदैन भनेर खोज्न जानुभएको हो ? शेरबहादुर देउवा थाइल्यान्ड?१५ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्ने हो,' उनले भने, 'उहाँको सरकारमा आए हुन्छ। अहिले नै सहयोग गरे पनि हुन्छ। देउवा आएपछि के हुन्छ भनेर हल्ला चलाएका छन्। नेपालमा प्रतिगमन हुनेवाला छैन।'
Shares

प्रतिक्रिया