राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी 'नजरबन्द' मुक्त भएका छन्।
उनले विज्ञप्ति जारी गरी आफूकहाँ चैत १५ गतेदेखि राखिएको प्रहरी निगरानी हटेको बताएका हुन्।
'गत चैत १५ गतेबाट चौबीसै घण्टा म प्रहरीको निगरानीमा थिएँ,' उनले भने, 'आजको दिनबाट निगरानी हटेको छ र म संयुक्त जनआन्दोलन समितिको नियमित काममा फर्केको छु।'
चैत १५ गतेको राजावादीको हिंसात्मक प्रदर्शनपछि सुवेदीलाई उनकै घरमा नजरबन्दमा राखिएको थियो।

378
Shares

प्रतिक्रिया