प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राम्रो काम गरेपछि अपराधिहरूले घेराबन्दी गरेको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विदेशी शक्तिहरूले पनि आफूहरूलाई समर्थन नगरेको बताएका हुन्।
'अपराधीले राम्रो काम गर्नेलाई घेराबन्दी गरिरहेका छन्। विरोधीहरूले संगठित गर्छन्। हाम्रै साथीहरूलाई पनि कतै त्यसै विरोध भएको त होइन होला नि भन्ने परेको छ,' उनले भने, 'त्यो भ्रममा हाम्रै केही साथीहरू सामेल भएको पाइएको छ। विभिन्न प्रकारका वैदेशिक शक्तिहरुले हाम्रो पार्टीलाई समर्थन गरेका छैनन्। आलोचना तारो भइरहेको छ। आलोचनाको तारो नहुने नेता खोज्नुपर्छ कि!भन्ने परेको छ।'
ओलीले आफूले गति छोड्ने हो भने सबैले हाइ हाइ गर्ने अभिव्यक्ति पनि दिए। उनले नेकपा एमालेबाहेकका पार्टीले समृद्ध नेपाल सुखी नेपाली भन्न नसकेको पनि बताए।
'मैले गति छाँडे भन्ने हो भने जेठ महिनाभित्रै हाइ हाइ भइन्छ। तर हाम्रो पथ त्यस्तो होइन,' उनले भने, 'हामी महान परिवर्तनको उद्देश्यबाट आएका हौँ। अब हामीले समृद्ध नेपाल सुखी नेपाली भनेरै बुझाउनपर्छ।'
Shares

प्रतिक्रिया