राजनीति


संवैधानिक नियुक्ति विवादमा भोलि पनि निरन्तर सुनुवाइ

संवैधानिक नियुक्ति विवादमा भोलि पनि निरन्तर सुनुवाइ

नेपालखबर
बैशाख ७, २०८२ आइतबार १७:१३, काठमाडौँ

विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवादमा भोलि (सोमबार) पनि निरन्तर सुनुवाइ हुने भएको छ।

आज पाँचौँ दिन पनि सुनुवाइ नसकिएपछि भोलि नै पनि सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासन अदालत प्रशासनले जनाएको छ।

चार वर्ष अघि २ खेपमा गरी नियुक्त भएका ५२ पदाधिकारी जोडिएको यस विवादमा सर्वोच्चको संवैधानिक इजलासमा गत माघ ३० बाट सुनुवाइ चलिरहेको छ।

सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले दिनभर बहस गरे। उनको बहस अझै सकिएको छैन। अरू सरकारी वकिलको पनि बहस बाँकी नै छ।

यसअघि निवेदकका तर्फबाट भने बहस सकिइसकेको छ।

संवैधानिक पदाधिकारीहरूको तर्फबाट बहस बाँकी नै छ।

चार वर्षअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुईपटक गरी ५२ जनालाई अख्तियासहित विभिन्न संवैधानिक आयोगमा नियुक्ति गरिएको थियो। ती नियुक्ति गैरकानुनी रहेको दाबी गरी अधिवक्ता ओमप्रकाश अर्यालले २०७७ पुस १ गते पहिलो रिट निवेदन दायर गरेका थिए। त्योसहित अरू १४ वटा निवेदन यही विषयमा परेका छन्।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad