उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेतृत्व विश्वासिलो भए सबै गाह्रो काम पनि सजिलै सम्भव हुने बताएका छन्।
आइतबार काठमाडौँमा नेपाल बज्रमान महाविहार लुम्बिनीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन उनले राम्रो काम गर्न गाह्रो हुने तर गाह्रो कामलाई कार्यान्वयनमा लैजान नेतृत्व विश्वासिलो भए सम्भव हुने बताए।
२०४६ सालको जनआन्दोलनमा गणेशमान सिंहलाई सबैले विश्वास गरेको कारण आन्दोलन सफल भएको जिकिर गरे। ‘राम्रो काम गर्न गाह्रो चाहीँ हुन्छ, गाह्रो कामलाई कार्यान्वयनतर्फ लैजानको लागि नेतृत्व राम्रो भयो भने, विश्वासिलो भयो भने सम्भव हुन्छ,’ उनले भने, ‘०४६ सालको जनआन्दोलनमा सर्वोच्च कमान्डर गणेशमान सिंहप्रति सबैको विश्वास भएको कारणले त्यो आन्दोलनलाई सफलतातिर लगेजस्तै सामाजिक, धार्मिक कार्यहरूलाई पनि सम्पन्न गराउनको लागि विश्वास जितेको नेतृत्वले ग¥यो भने सम्भव हुन्छ।’
उपप्रधानमन्त्री सिंहले लुम्बिनीमा बनेको महाविहारले पर्यटकीय गतिविधिलाई बढाउन मद्दत पुग्ने बताए।
Shares

प्रतिक्रिया