सत्तारुढ दल नेकपा (एमाले) निकट प्रेस चौतारी नेपालले आफ्ना तीन नेतालाई कारबाही गरेको छ।
पूर्वकेन्द्रीय सचिव लोगसरी कुँवर, केन्द्रीय सदस्य तारा चापागाइँ र निर्वाचन आयोगका सदस्य दीपा रेग्मीलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको चौतारीका महासचिव हिरामान लामाले जनाएका छन्।
उनीहरूले संगठनको नीति विपरित सञ्चारिका समूहमा उम्मेदवारी दिएको महासचिव लामाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
सञ्चारिका समूहमा नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ।
प्रेस चौतारीले कारबाही गरेका तीन नेतालाई पार्टीबाट समेत हटाउन सिफारिस गरेको छ।
348
Shares

प्रतिक्रिया