८४ दिन हिरासत बसेर पार्टी सभापति पार्टी जिम्मेवारीमा फर्किएकै दिन राजीनामा पत्र बुझाएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले अहिले भने गुनासो गरेकी छन्। रवि लामिछाने चैत १७ गते पार्टी सभापतिको जिम्मेवारीमा फर्किएका थिए।
लामिछाने पार्टीमा फर्किएसँगै पार्टीको गतिविधि नियमित रुपमा सञ्चालन गर्ने गरी बैठक डाके र सोहीअनुसार निर्देशन दिएका थिए। तर चैत २१ गते उच्च अदालतको आदेशअनुसार उनी सहकारी ठगी प्रकरणमा कारागार चलान भए।
सुमनाले सभापति पार्टी जिम्मेवारीमा फर्किँदा दिएको राजीनामा पक्राउ परेपछि सार्वजनिक नगर्न कार्यवाहक उपसभापति डीपी अर्याललाई आफूले आग्रह गरेको पनि बताइन्।
रास्वपाको सह-महामन्त्रीबाट सुमनाले राजीनामा दिने
बिहीबार केन्द्रीय समिति बैठकमा उनले राजीनामा पत्र बुझाएको बारे जानकारी गराइन्। कार्यवाहक सभापति अर्यालले नियमअनुसार हुने जवाफ दिए।
तर सुमनाले बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीमाथि राजीनामा पत्र सार्वजनिक गरेको विषयमा आपत्ति जनाइन्।
उनले भनिन्, 'सभापति पार्टी जिम्मेवारीमा फिर्ता आउनु भयो। महाधिवेशन तोकेकै समयमा गरौँ भन्नु भयो हामी एक्साइटेड भयौँ। तर शुक्रबार (चैत२१)मा एकाएक उहाँ पक्राउ पर्नुभयो। पक्राउ परेपछि यो राजीनामा होल्ड गरौँ बाहिर नलैजाऔं अहिले भनेर कार्यवाहक सभापति डीपी अर्यालज्यूलाई भनेकै हो। तर आज एक्कासी कहाँबाट सार्वजनिक भयो भयो।'
Shares

प्रतिक्रिया