वैज्ञानिकहरूले भारतको भौगोलिक भविष्यबारे निकै चिन्ताजनक चेतावनी जारी गरेका छन्।
भूगर्भविद्हरूले भारतीय प्लेट अहिले दुई भागमा विभाजन भइरहेको र यसले ठूलो भूकम्पको जोखिम बढाइरहेको संकेत गरेका छन्।
अमेरिकाको जियोफिजिकल युनियनमा प्रकाशित अनुसन्धानमा विस्तृत जानकारी दिइएको छ। जसमा भारतीय प्लेट ‘डिलेमिनेसन’ भनिने नयाँ भूगर्भीय प्रक्रियाबाट गुज्रिरहेको उल्लेख छ।
के होडिलेमिनेसन प्रक्रिया?
डिलेमिनेसन एक भूगर्भीय प्रक्रिया हो जसमा टेक्टोनिक प्लेटको तल्लो भाग पृथ्वीको आवरणमा प्रवेश गर्छ।
यस अवधिमा प्लेटभित्र ठाडो दरार विकास हुन्छन्, जसले यसको स्थिरतालाई असर गर्न सक्छ।
यो प्रक्रियाले प्लेटहरूको संरचना परिवर्तन गर्न सक्छ र त्यस क्षेत्रमा भूकम्पजस्ता प्राकृतिक प्रकोपको सम्भावना बढाउन सक्छ।
वैज्ञानिकहरूले ६ करोड वर्षदेखि युरेसियन प्लेटसँग ठोकिरहेको भरतीय प्लेट अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन्।
भूकम्पको जोखिम बढ्यो
यो खोज यस अर्थमा पनि महत्त्वपूर्ण किन छ भने यसले भारतमा हुने भूकम्पको गम्भीरता र प्रकृति बुझ्न मद्दत गर्नेछ।
तिब्बती मुहानमा भूकम्पीय तरंग र हेलियम आइसोटोपको विश्लेषण गरेपछि यो निष्कर्षमा पुगिएको दाबी वैज्ञानिकहरूले गरेका छन्।
फलस्वरूप प्लेटभित्र एउटा ठाडो दरार पत्ता लाग्यो, जुन पहिले वैज्ञानिकहरूलाई थाहा थिएन।
वैज्ञानिक दृष्टिकोण
युट्रेक्ट विश्वविद्यालयका भूगर्भशास्त्री डुवे भ्यान हिन्सबर्गन भन्छन्, ‘हामीले कहिल्यै कल्पना गरेका थिएनौँ कि महादेशहरू यसरी व्यवहार गर्न सक्छन्। यो पृथ्वी विज्ञानका लागि एकदमै आधारभूत खोज हो।’
उनका अनुसार यो खोजले प्लेटको सतहको मोटाइ र विशेषता मात्र फरक हुन सक्दैनन्, तर टेक्टोनिक परिवर्तनलाई असर गर्ने आन्तरिक प्रक्रिया पनि धेरै छिटो परिवर्तन हुन सक्छन्, जुन बुझ्न अत्यन्तै गाह्रो छ। इन्डिया टीभीबाट
Shares

प्रतिक्रिया