राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले सामाजिक सञ्जालमा लेख्ने पार्टीका ‘अराजक’ समर्थकप्रति ध्यानाकर्षण भएको बताएका छन्।
पार्टी केन्द्रीय समिति बैठकमा अर्यालले पार्टीकै लागि घातक हुने गरी नलेख्न भनेका छन्। सामाजिक सञ्जाल प्रयोग आचारसंहिताअन्तर्गत रहन निर्देशन पनि उनले दिएका छन्।
'समाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थकहरूको अराजक उपस्थितिप्रति ध्यानाकर्षण भएको छ,' अर्यालले बैठकमा भने, 'यो हाम्रो लागि नै घातक हुने र यसमा सबै सदस्यहरूलाई समाजिक सञ्जाल प्रयोग आचारसंहिताअन्तर्गत अभ्यास गर्न र सभ्य रूपमा प्रस्तुत हुन, अनावश्यक रूपमा नबोल्न, नलेख्न अनुरोध छ।'
1.9k
Shares

प्रतिक्रिया