राजनीति


सांसदलाई शिक्षकका पक्षमा सशक्त उत्रिन रास्वपाको निर्देशन

सांसदलाई शिक्षकका पक्षमा सशक्त उत्रिन रास्वपाको निर्देशन

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १७:५४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा विधेयकको मागसहित सडकमा आन्दोलनरत शिक्षकहरूको समर्थनमा पार्टी संसदीय दललाई सशक्त हुन निर्देशन दिएको छ। 

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहीबार बसेको केन्द्रीय समिति बैठकले शिक्षकका मागमा ऐक्यबद्धता जनाएको हो।  

पार्टी कार्यवाहक प्रवक्ता मनीष झाले भने, 'लामो समयदेखि शिक्षा विधेयक ल्याइयोस् भनेर आन्दोलनमा रहेका शिक्षकहरूको माग न्यायोचित तरिकाबाट सम्बोधन गर्नको लागि बैशाख १२ देखि सुरु हुने संघीय सदनको अधिवेशनमा सशक्त रुपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको छ।'

त्यस्तै सत्तासाझेदार नेपाली कांग्रेसले पनि शिक्षकको आन्दोलनका विषयमा गम्भीर बन्दै माग सम्बोधनका लागि पहल गर्न नेताहरूलाई जिम्मेवारी दिएको छ।

बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूसहितको बैठकले महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री जीवन परियार, गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखक र पार्टीको शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई जिम्मेवारी दिएको छ।  

नेताहरूले आज बिहीबार र भोलि शुक्रबार शिक्षकहरूसँग छलफल गर्नेछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad