राजनीति


सुरु भयो रास्वपाको केन्द्रीय समिति बैठक

सुरु भयो रास्वपाको केन्द्रीय समिति बैठक

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १५:१४, काठमाडौँ

रास्वपाको केन्द्रीय समिति बैठक सुरु भएको छ।  बैठक कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसिरहेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।  

बैठकमा यसअघिका बैठकको निर्णय र पार्टी गतिविधि, सदस्यहरूको रिपोर्टिङ र  समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने झाको भनाइ छ। 

त्यस्तै महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे विशेग रिपोर्टिङ हुने झाले जानकारी दिए।

आजको बैठकमा सहमहामन्त्री सुमना श्रेष्ठले पेस गरेको राजीनामा पत्रबारे पनि छलफल हुनेछ। एक व्यक्ति एक पद कार्यान्वयनका लागि भन्दै सुमनाले पार्टी सहमहामन्त्री पदबाट राजीनामा पत्र बुझाएकी छन्। 

उनले आफू सांसद भएको र विधायकी भूमिका अहिलेको लागि महत्वपूर्ण रहेकाले त्यसमा समय दिनका लागि सहमहामन्त्री पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको बताएको नेताहरूको भनाइ छ।  

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad