राजनीति


देउवाको ब्रिफिङ: दुई-तीन दिनमा गभर्नर नियुक्त हुन्छ, राम्रो मान्छे बन्छन्

देउवाको ब्रिफिङ: दुई-तीन दिनमा गभर्नर नियुक्त हुन्छ, राम्रो मान्छे बन्छन्

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १३:३३, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा पार्टीका नेताहरूलाई ब्रिफिङ गरेका छन्। 

आफ्नै निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूसहितको बैठकमा दुई/तीन दिनभित्रै गभर्नर नियुक्त हुने जानकारी दिएका हुन्। 

सत्ता साझेदार दल कांग्रेस-नेकपा एमालेबीच भागबन्डामा कुरा नमिलेर गभर्नर नियुक्ति हुन नसकेको बेला देउवाले पार्टीका नेताहरूलाई बोलाएर छलफल गरेका हुन्। 

यद्यपी बुधबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भने कांग्रेसनिकट गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति जुटिसकेको छ। 

गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्ताव, ओली सहमत

बिहीबार आफ्नै निवासमा नेताहरूलाई बोलाएर देउवाले गभर्नर बन्ने व्यक्तिको नाम उल्लेख नगरी भने, 'गभर्नर राम्रो मान्छे बनाउने हो। दुई/तीन दिनमै हुन्छ। राम्रो मान्छे आउनुहुन्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad