समाज


टोखाबाट २५ करोडसहित पक्राउ परेका चालक लामा कारागार चलान, मालिक भनिएका पौडेल फरार

टोखाबाट २५ करोडसहित पक्राउ परेका चालक लामा कारागार चलान, मालिक भनिएका पौडेल फरार

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १३:३५, काठमाडौँ

काठमाडौँको टोखाबाट विदेशी मुद्रासहित पक्राउ परेको ट्रक चालक कारागार चलान भएका छन्।

चैत ४ गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले युरो १३ लाख ७५ हजार १५०, अमेरिकी डलर ३ लाख २० हजार ८५० सहित टोखा नगरपालिका २ झोरस्थित सडकबाट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका कुसाङ लामालाई पक्राउ गरेको थियो।

राजस्व अनुसन्धान विभागले लामा र उनले बताएका रकमका मालिक सोही ठाउँका नारायण पौडेलविरुद्ध अभियोग दायर गरेको थियो। बुधबार जिल्ला न्यायाधशि ठाकुरप्रसाद खरेलको इजलासले लामालाई पुपृषका लागि थुनामा पठाउने आदेश दिउको हो। यो रकमका मालिक भनिएका पौडेल भने फरार छन्। 

विदेशी विनिमय९नियमन गर्ने० ऐन २०१९ को दफा ३,४,५ र ९ को कसुरमा सजाय माग गरिएको छ। उक्त मुद्रा सोही दिनको राष्ट्र बैंकको विनिमय दरअनुसार नेपाली रुपैयाँ २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ हुन आउँने राजस्व अनुसन्धान विभागले जनाएको छ। 

लामाले चलाएको ना ७ ख १६५२ नम्बरको कन्टेनरमा उक्त रकम बरामद भएको थियो। चालक बस्ने स्थानदेखि माथिको क्याबिनमा फल्स बटम बनाइ लुकाएको अवस्थामा प्रहरीले विशेष सूचनाका आधारमा उक्त रकम बरामद गरेको थियो। 

बरामद भएको रकम बराबर नै उनीहरूविरुद्ध बिगो कायम गरिएको छ। यस्तै सोही ऐनको दफा १७ को उपदफा ९१० बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ को उपदफा ९९० बमोजिम थप सजायसमेत माग गरिएको छ। कुसाङ लामा सुन पैठारीको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट २०७४ असार २६ गते दोषि ठहर भएका थिए। 

उक्त सजाय भुक्तान गरेको ५ वर्षभित्र अर्को कसुर गरेकाले उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४४ ९२० बमोजिम थप सजाय हुन पनि माग गरिएको छ। यस्तै बरामद भएको विदेशी मुद्रा र ट्रक पनि जफत गर्न माग गरिएको छ।

यो मुद्राका मालिक भनिएका नारायण पौडेल फरार रहेकाले उनको हकमा अदालतबाटै म्याद जारी गर्न पनि अभियोगपत्रमा  माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad