राजनीति


बालुवाटारमा कांग्रेस-एमाले कार्यदलको बैठक जारी

बालुवाटारमा कांग्रेस-एमाले कार्यदलको बैठक जारी

नेपालखबर
बैशाख ३, २०८२ बुधबार १८:२७, काठमाडौँ

सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित कार्यदलको बैठक जारी छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।  

बैठक ५:३० बजेदेखि जारी रहेको नेताहरूले बताएका छन्। बैठकमा सडक आन्दोलनमा रहेका शिक्षकहरूको मागबारे छलफल भइरहेको भनिएको छ।   

आजै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि बस्दैछ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा ८ सदस्यीय संयन्त्र बनाइएको छ। 

संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट ४ र नेकपा एमालेको तर्फबाट ४ जना सदस्य रहेका छन्। जसमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन्।

त्यस्तै, नेकपा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad