राजनीति


शिक्षा विधेयकबारे कांग्रेसमा छलफल, महरलाई दिइयो जिम्मेवारी

शिक्षा विधेयकबारे कांग्रेसमा छलफल, महरलाई दिइयो जिम्मेवारी

फाइल तस्बिर


नेपालखबर
बैशाख ३, २०८२ बुधबार १४:४९, काठमाडौँ

प्रमुख सत्तारुढदल नेपाली कांग्रेसले संसद्मा रहेको शिक्षा विधेयकबारे पार्टीको आधारिक धारणा बनाउनका लागि छलफल सुरू गरेको छ।

कांग्रेस पदाधिकारी र शिक्षा विभागबीच मंगलबार बेलुकी सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलपछि शिक्षा संसद्को उपसमितिमा छलफलमा रहेको विधेयकका २८ बुँदामा रहेका असहमति  र विधेयकबारे पूर्ण धारणा निर्माण गर्नका लागि समन्वय गर्न शिक्षा विभाग प्रमुख नैनसिंह महर लाई जिम्मेवारी दिएको हो।

विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूको सम्मान गर्दै उनीहरूसँग यसअघि सरकारले प्रतिवद्धता जनाए अनुरुप माग सुनुवाइका लागि समेत कांग्रेसले पहलकदमी गर्ने पार्टी मुख्यसचिव कृष्ण पौडेलले बताए।

‘शिक्षकका माग सम्बोधनका लागि विधेयकका विषयमा धारणा बनाउन सम्बन्धित पक्ष र निकायसँग आवश्यक समन्वयका लागि हामीले शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई जिम्मेवारी दिएका छौं,’ उनले भने, ‘उहाँहरूले द्रूत गतिमा विमर्शका माध्यमबाट तयार पारेको धारणालाई पार्टीले विचार विमर्श गरेर मूर्तता दिने छ र त्यो नै पार्टीको आधिकारिक धारणा हुने छ।’

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि आन्दोलित शिक्षकसँग हिजो नै छलफल गरेका थिए। उक्त छलफलमा शिक्षकका माग सम्बोधनको लागि पहलकदमी लिने प्रतिबद्धता जनाएइएको बताइएको छ।

सोही अनुरुप सोमबार बेलुकी नै संसदीय दलको कार्यालयमा महामन्त्रीद्वय र शिक्षा विभाग प्रमुख महरसहितका नेताहरूको छलफलले पार्टीको आधिकारिक धारणाका लागि विज्ञ र सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको पौडेलले बताए। 

छलफलमा महामन्त्रीद्वय थापा र पौडेल, पार्टीबाट विधेयक उपसमितिका सदस्य डिगबहादुर लिम्बु र महेन्द्र साय यादव, सहमहामन्त्री जीवन परियार, विभाग प्रमुख महर, पार्टी मुख्यसचिव पौडैललगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad