नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्दै छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।
गभर्नर नियुक्तिमा दुई मुख्य गठबन्धन घटकबीच मत नमिलिरहेका बेला आजै बिहान प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको थियो।
चैत २५ गतेदेखि नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त छ।
सत्ता गठबन्धनमा कुरा नमिल्दा गभर्नर सिफारिसका लागि अर्थमन्त्री नेतृत्वको समितिले पनि काम गर्न सकिरहेको छैन। कानुनतः पद रिक्त हुनुभन्दा एक महिनाअगावै गभर्नर नियुक्तिको व्यवस्था गरिसक्नुपर्ने व्यवस्था छ।
बालुवाटार बैठक: देउवाको प्रस्तावअनुसार गभर्नर नियुक्त गर्न ओली लचक
771
Shares

प्रतिक्रिया