गण्डकी


पोखरा विश्वविद्यालयमा नेविसंघको तालाबन्दी

पोखरा विश्वविद्यालयमा नेविसंघको तालाबन्दी

नेपालखबर
बैशाख २, २०८२ मंगलबार १६:७, पोखरा

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयमा तालाबन्दी गरेको छ। नेविसंघले विभिन्न माग राख्दै मंगलबार विश्विद्यालयका रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीको कार्यकक्षनेरको गेटमा तालाबन्दी गरेको हो।

नेविसंघले तालाबन्दीसँगै टाँसेको विज्ञप्तिमा नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय इकाइ पोखरा विश्वविद्यालय प्रशासनसमक्ष पटक–पटक प्रस्तुत जायज मागहरू पूरा गर्नेतर्फ वेवास्ता गरेका कारण तालाबन्दी गरिएको जिकिर गरिएको छ। 

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको लेटरप्याडमा जारी गरिएका सो विज्ञप्तिमा  विभिन्न ८ वटा मागहरु राखिएका छन्। 

केन्द्रीय सदस्य नसिव गुरुङको हस्ताक्षरसहितको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको आजसम्म भएको काम विवरण, वार्षिक प्रतिवेदन र आर्थिक विवरण यथाशीघ्र सार्वजनिक गर्नुपर्ने, विश्वविद्यालयले संचालनमा ल्याएको अस्पतालमा विद्यार्थीदेखि कर्मचारीसम्मलाई उपचारमा छुट दिनुपर्ने, त्यहाँबाट उत्पादित जनशक्तिलाई शिक्षण अस्पतालमै रोजगारी प्रदान गरिनुपर्ने, स्वास्थ्यबीमा कार्यक्रम संचालनमा ल्याउनुपर्ने, स्वास्थ्य विज्ञान संकाय र विज्ञान तथा प्राविधिक संकायबाट विभिन्न ठाउँमा भाडामा लिएको निजी भवनको सम्झौता र सम्पुर्ण आवश्यक कागजत सार्वजनिक गर्नुपर्नेलगायतका माग छन्। 

नेविसंघले रजिष्ट्रार भण्डारीले विश्वविद्यालयको गाडी दुरुपयोग गरेको आरोप पनि लगाएको छ। पोखरा विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार एमाले निकटका व्यक्ति हुन्। विश्वविद्यालयमा कांग्रेस–एमालेबीच भागबण्डा हुँदा पोखराको उपकुलपतिमा एमाले निकट प्राडा वेदराज केसी रहेका छन्। 

कांग्रेस र एमालेबीच विश्वविद्यालय भागबण्डा गर्दा उपकुलपति एउटा पार्टीले लिँदा रजिष्ट्रार अर्को पार्टीले पाउने सहमति बनेको थियो। पोखरा विश्वविद्यालयमा रजिष्ट्रार भण्डारीको कार्यकाल नसकिएकोले उनी नै हालसम्म सो पदमा रहँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad