नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री जीवन परियारले काठमाडौँको तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहसँग सोधपुछ गर्नुपर्ने प्रस्ताव गरेका छन्।
संसदीय समितिको बैठकमा बोल्दै परियारले चैत १५ गते भएको राजावादीको हिंस्रक प्रदर्शनबारे सोधुपुछ गर्न शाहलाई बोलाउनुपर्ने बताएका हुन्।
'नवराज सवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति आयोजक हो। पोखराबाट काठमाडौं आउँदा जनताले स्वागत गरेका छन्,'उनले भने, 'पूर्वराजालाई तीनकुने घटनाका सम्बन्धमा सोधपुछ गर्न समितिमा बोलाऔँ। तपाईं यो घटनामा संलग्न हुनुहुन्छ कि हुनुहुन्न भनेर सोधौँ।'
204
Shares

प्रतिक्रिया