समाज


छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १३:५२, काठमाडौँ

मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। आज बिहान मकवानपुरको मकवानपुरगढीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

घर सफा गर्ने क्रममा अचानक करेन्ट लागेर गाउँपालिका-५ सिमलटार निवासी ५५ वर्षीय भूमिनन्द तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

करेन्ट लागेर सिकिस्त भएका तिमल्सिनाको हेटौँडाअस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हेटौँडा-धरान चतरा सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१६ गुरुधामचोकमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। ठूलोदमारबाट हटियातर्फ जाँदै गरेको बा प०३-०४ प ९५२६ नम्मबरको स्कुटरको ठक्करबाट पैदलयात्री स्थानीय ७६ वर्षीय अनिरुद्र बाँस्ताकोटीको मृत्यु भएको अर्यालले जानकारी दिए।

दुर्घटनामा परेर गम्भीर घाइते बाँस्ताकोटीको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुर चितवनमा गएराति मृत्यु भएको हो।

दुर्घटनामा स्कुटर चालक हेटौँडा उपमहानगरपालिका-१७ ठूलोगँगटे निवासी २७ वर्षीय सन्दिप थापा घाइते भएको र उनको चुरेहिल अस्पताल हेटौँडामा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad