राजनीति


व्यावसायिक वातावरण बिग्रन नदिन सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली

व्यावसायिक वातावरण बिग्रन नदिन सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली

नेपालखबर
चैत २८, २०८१ बिहिबार १४:४५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताका कारण व्यावसायिक वातावरण बिग्रन नदिन सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्थिर सरकारका कारण मुलुकमा विगतमा लगानीको वातावरण बिग्रिए पनि अब त्यस्तो अवस्थाको अन्त्य भएको बताएका हुन्। 

उनले वर्तमान सरकार नीतिगत अस्थिरताको अन्त्य गर्न बनेको पनि बताए। 

‘सरकारको विश्वसनीयता, सरकारका नीतिहरू छिनछिनमा अनपेक्षित तवरले बदलिने, व्यवसायीक क्षेत्रमा नकारात्मक असर पार्ने, उत्तरदायित्व नलिने, अघिल्लो सरकारले ल्याएका राम्रा कुराहरू पनि उच्चरण नगर्ने, नीतिगत अस्थीरताको अन्त्य गर्न यो सरकार बनेको हो,' उनले भने।

देशमा भ्रष्टाचारको न्यूनीकरण र अन्त्य, सुशासनसँगै सेवा प्रवाह सहज बनाउने गरी सरकारले काम गरिरहेको उनको भनाइ छ। 

उनले थप भने, 'संघीयताको सुरु-सुरुमा हेरेक पालिका ठाउँठाउँमा कर उठाउन बाँस तेर्साए। आफैँ सरकार हो, ट्याक्स लगाउने अधिकार छ भने एउटा बाँस किन नतेर्साउने बाटामा, बाँस तेर्साइ हालौँ, कर उठाइ हालौं। अधिकारका लागि लाडियो, अधिकार छ, अधिकारको प्रयोग गरिन्छ भन्ने बुझाइ भयो।’   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad