काठमाडौँ महानगरका प्रहरी प्रमुख प्रमुख राजु पाण्डेलाई निलम्बन गरेर छानविन अघि बढाउन आग्रह गरेका छन्। गत चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको पुर्नवाहाली हुँदा अनुशासनहीन काम गरेको भन्दै बिहीबार ५ कर्मचारी संगठनहरुले विज्ञप्ति निकालेर कारबाहीको माग गरेका हुन्।
पाण्डेमाथि अनुसन्धान गर्न छानविन समिति गठनका लागि ३ दिने अल्टिमेटम दिँदै विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८१ साल, चैत्र २१ गते महानगर प्रहरी बलका प्रमुख को अगुवाईमा भएको कार्यालयको मर्यादा विपरितका अनुशासनहीन गैह्रकानूनी, अमर्यादित एवं अनपेक्षित घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न तीन दिनभित्र अधिकार सम्पन्न छानविन समिति गठन गरी जिम्मेवारी दिइयोस्।’
उक्त छानविनलाई सहज बनाउन पाण्डेलाई निलम्बन गर्नुपर्ने समेत कर्मचारी संगठनहरुको माग छ। विज्ञप्तिमा भनिएको छ, ‘उक्त दिन आचरण विपरितको कार्यमा उत्रने महानगर प्रहरी वलका प्रमुखलाई प्रहरी ऐन अनुसार तत्काल निलम्बनमा राखी छानविन कार्यलाई सहज बनाइयोस्।’
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई महानगर प्रहरी प्रमुख पाण्डेको नेतृत्वमा कार्यलय छिर्न अवरोध गरिएको थियो। तर, उपमेयर, वडाध्यक्षहरु र कर्मचारीले कार्यालयको ढोका फोडेर गुरागाईँलाई कार्यालयमा प्रवेश गराएका थिए।
कारबाहीको माग गर्ने कर्मचारी संगठनहरुमा स्थानीय तह कर्मचारी यूनियन नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघ रहेका छन्।
Shares

प्रतिक्रिया