ad ad

राजनीति


संकटको बेला कमिसनको खेल अक्षम्य अपराधः सिंह

संकटको बेला कमिसनको खेल अक्षम्य अपराधः सिंह

नेपालखबर
चैत १७, २०७६ सोमबार ९:२,

नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले देशमा गम्भीर संकट परेको बेला अत्यावश्यक सामानमा भ्रष्टाचार र कमिसनको खेल हुनु विवेकहीन र अक्षम्य अपराध भएको बताएका छन्।

कोरोना भाइरसविरुद्ध स्वास्थ्य समाग्रीलगायतका अत्यावश्यक सामान खरिदमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि महामन्त्री सिंहले देशमा महामारी र संकटको मौका छोपी अत्यावश्यक वस्तुमा कालोबजारी र भ्रष्टाचार गर्नेहरुले मुलुकमाथि अक्षम्य अपराध गरेको बताएका हुन्।

एक वक्तव्य प्रकासित गरी सिंहले चीनबाट आएका सामानमा कमिसनको खेल भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै छानबिन गर्न माग गरेका छन्।

‘अहिले देश महामारी र गम्भीर प्रकारको सङ्कटको मुखमा उभिएको बेलामा सरकारको कुनै पनि तहबाट जीवनका लागि परम आवश्यक स्वास्थ्यसम्बन्धी सामाग्रीमा भ्रष्टाचार र कमिशसनको खेल हुन्छ भने त्यो गम्भीर प्रकारको अमानवीय र अक्षम्य कार्य हुनेछ । त्यसकारण त्यसप्रकारको कुनै पनि कारवाही हुन नदिन उच्च सतर्कता अपनाउन हामीले सरकारसित माग गर्दछौँ’ वक्तव्यमा भनिएको छ।

यस्तै, सिंहले कोरोना भाइरसविरुद्ध उच्च सतर्कता अपनाउन र लकडाउनको अनुशासन पालना गर्न पनि सबैसँग आग्रह गरेका छन्। उनले कतिपय स्थानमा संक्रमित व्यक्तिहरुले उपचार नपाएको वा आशंका गरिएका व्यक्तिहरु क्वारेन्टिनमा बस्न नमानेको र त्यहाँबाट भागेको भन्ने विषयमासमेत सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .