ad ad

समाज


समस्यामा परेका नागरिकलाई उत्तर प्रदेशले बाँड्यो ८१ करोड अमेरिकी डलर

समस्यामा परेका नागरिकलाई उत्तर प्रदेशले बाँड्यो ८१ करोड अमेरिकी डलर

नेपालखबर
चैत १७, २०७६ सोमबार ९:४,

कोरोना भाइरसका कारण देश नै ठप्प हुँदा व्यापार, व्यवसाय, उद्योग, कारखाना लगायत सबै बन्द छन्।

लाखौं मानिसहरुले त्यहाँ जागिर गुमाएका छन्। मानिसहरु भोकभोकै बस्ने अवस्थामा पुगेका छन्।

आफ्ना नागरिक भोकभोकै बस्ने अवस्था आएपछि उत्तर प्रदेशको सरकारले आफ्ना नागरिकलाई ८१ करोड अमेरिकी डलर बाँडेको छ।

राहत प्याकेज स्वरुप २० लाख ७५ हजार मजदुरको बैंक खातामा पैसा पठाएको सोमबार उत्तर प्रदेश सरकारले जानकारी दिएको छ।

सबैको भागमा २९.४५ अमेरिकी डलर परेको छ। यो मजदुरहरुको सात दिनको कमाई भएको बताइएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका अनुसार सरकारको पैसा दिने कार्यले मजदुरहरुलाई केहीदिन राहत मिल्नेछ। एजेन्सी

Yogi Adityanath Wiki, Age, Caste, Wife, Family, Biography & More ...

योगी आदित्यनाथ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .