ad ad

समाज


कोरोना भाइरसः लकडाउन गरेकोमा भारतीय प्रधानमन्त्रीले मागे माफी

कोरोना भाइरसः लकडाउन गरेकोमा भारतीय प्रधानमन्त्रीले मागे माफी

नेपालखबर
चैत १७, २०७६ सोमबार ८:४६,

लकडाउन गर्ने आफ्नो निर्णयका कारण लाखौं गरिब र मजदुरको चित्त दुखेको भन्दै मोदीले आफूलाई माफी दिन आग्रह पनि गरेका छन्।

गत बुधबारदेखि भारत २१ दिनसम्म लकडाउन गरिएको छ।

देश नै ठप्प भएको अवस्थामा भारतका लाखौं मानिसले जागिर गुमाएका छन्। अधिकाँश मजदुर र गरिब परिवार भोकै बस्न बाध्य भएका छन्।

आइतबार मोदीले सरकारसँग लकडाउन गर्नबाहेक विकल्प नभएको बताउँदै माफी मागेका हुन्।

सरकारले भारतमा लकडाउनले दुख पाएकाहरुका लागि २२ अर्ब अमेरिकी डलरको राहत कार्यक्रम ल्याएकाले चाँडै सबैलाई सुविधा मिल्नेमा पनि ढुक्क हुन मोदीले आग्रह गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .