प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीका जाय साचो र चिन्तामा ध्यान दिनुपर्ने र एउटा कतैतिर ढल्किने राजनीति गर्न नहुने बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित हिमालयन डायलगको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले हाम्रो छिमेकीका जायज चासो र चिन्तामा ध्यान दिनुपर्छ। दुवैसँग उत्तिकै बराबरी सम्बन्ध राख्नुपर्छ। त्सकारण कोल्टिने राजनीति गर्नुहुँदैन। यतातिर ढल्किन खोजे पनि बेठिक, उतारित कोल्टिन खोजे पनि बेठिक।’
कतैतिर ढल्केको हो भन्ने प्रश्न आउने अवस्था समेत आउन दिन नहुने उनको भनाइ छ।
‘पेकिङ(बेइजिङ)को नजिक पुगिस कि क्या हो भन्यो भने होइन, नेपालमै छु भन्नुपर्छ,’ ओलीको भनाइ छ, ‘दिल्लीको नजिक पुगिस् कि क्या हो भन्यो भने होइन म त काठमाडौँमै छु भन्नुपर्छ। हामी आफ्नै ठाउँमा छौं। सबैसँग मित्रता छ। शत्रुता कसैसँग छैन्।'
Shares

प्रतिक्रिया