वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको बताएका छन्।
नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नविनतम प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यसहित आइतबारदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन्।
उनले वन डढेलो नियन्त्रणका लागि सकारसँग दमकलबाहेक अन्य कुनै विकल्प नरहेको बताए। उनले सरकारले वन डढेलोलाई गम्भीरतासाथ लिएर विभिन्न विकल्पहरुबारे सोचिरहेको पनि बताए।
वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि राज्यका सबै संयन्त्रहरू परिचालन गर्नुपर्ने उनको भनाइ छ।
उनले जटिल भूबनावटका कारण वन डढेलो नियन्त्रणका लागि सरकारको एकल प्रयासले सम्भव नहुने भन्दै सरोकारवाला सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताए।
उनले भने, ‘नेपाल सरकारले वन डढेलोलाई गम्भीरतासाथ लिएको छ। र यसको न्यूनीकरणका लागि नेपाल सरकारले गरेर मात्र सम्भव हुन्न। वन डढेलो नियन्त्रणको लागि वन डढेलो नियन्त्रणका लागि सबैको प्रयास आवश्यक छ। डढेलो व्यवस्थापनमा राज्यका सम्पूर्ण संयन्त्रहरु लागिरहेका छन्। वन डढेलो नियन्त्रणका लागि नेपाल सरकारसँग दमकलबाहेक अरु विकल्पहरु छैनन्।'
उपकरण र दक्ष जनशक्तिको अभावका कारण नेपालमा वन डढेलोले ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै उनले यससम्बन्ध सबै सचेत हुन जरुरी रहेको बताए।
सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न १४ राष्ट्रका विज्ञहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन्।
Shares

प्रतिक्रिया