राजनीति


ज्ञानेन्द्रको शासन बेहोर्नुपरेको भए बीपी पनि गणतन्त्रका पक्षमा उभिनुहुन्थ्यो: शंकर पोखरेल

ज्ञानेन्द्रको शासन बेहोर्नुपरेको भए बीपी पनि गणतन्त्रका पक्षमा उभिनुहुन्थ्यो: शंकर पोखरेल

एमाले महासचिव शंकर पोखरेल र ज्ञानेन्द्र शाह


नेपालखबर
चैत २४, २०८१ आइतबार ११:५, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालगन्जमा बीपीको सालिक तोडफोड गर्नुले राजावादीहरू के चाहन्छन् भन्ने कुरा स्पष्ट भएको उल्लेख गर्दै सत्तारुढ नेपाली कांग्रेसभित्रका संवैधानिक राजसंस्था पक्षधरलाई कटाक्ष गरेका छन्। 

उक्त घटनाबाट 'नेपालमा लोकतन्त्र र राजसंस्था सँगै जान सक्छ' भन्नेहरूले ज्ञानेन्द्र शाहको शासन बेहोर्नुपरेको भए बीपी पनि गणतन्त्रका पक्षमा उभिने तर्क पोखरेलले गरेका छन्। 

'राजतन्त्र होइन, राजसंस्था पुन:स्थापनाको आन्दोलनमा हो राप्रपा' भन्नेहरूले नेपालगन्जमा बीपीको सालिकमा कालोमोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेछन्। अब आफैँ बुझ्नुहोस् राजावादीहरू के चाहन्छन्? आन्दोलनका संयोजक धवलशमशेरको गृहनगरीबाट दिएको सन्देश हो- कांग्रेसभित्रका संवैधानिक राजसंस्थाका हिमायतीहरूलाई, एमाले महाचिव पोखरेलले आइतबार बिहान भनेका छन्, 'त्यसैले 'नेपालमा लोकतन्त्र र राजसंस्था सँगै जान सक्दछ' भन्नेहरूले बुझ्नुपर्दछ- पूर्वराजा ज्ञानेन्द्रको शासन बेहोर्नुपरेको भए बीपी पनि गणतन्त्रका पक्षमा उभिनुहुन्थ्यो। किनकि बीपीको समयमा बीपीभन्दा बढी नै संवैधानिक राजसंस्थाका हिमायती हुनुहुन्थ्यो- गिरिजाप्रसाद कोइराला।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad