पाल्पामा डढेलोमा परेर एक वृद्धको मृत्यु भएको छ।
वनमा लागेको डढेलो निभाउने गएका रिब्दीकोट गाउँपालिका–७ पालुङमैनादीका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गी मगरको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
घर नजिकै रहेको पालुङ सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा उनी आगोमा जलेका प्रहरीले जनाएको छ।
भिरबाट डढेलो लागेको ठाउँमा खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
भिरबाट २० मिटर जति तल आगोमा खसेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक
सन्दीप बेल्बासेले जानकारी दिए।
360
Shares

प्रतिक्रिया