राजनीति


गभर्नर बिचौलियाले बनाउने चिन्ता छ: गगन थापा

गभर्नर बिचौलियाले बनाउने चिन्ता छ: गगन थापा

नेपालखबर
चैत २३, २०८१ शनिबार १८:५७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गभर्नर नियुक्तिमा बिचौलियाको प्रभावबारे चिन्ता भएको बताएका छन्।  

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राजनीतिक दलभन्दा पनि निश्चित बिचौलालियाले गनर्भनर बनाउने चिन्ता रहेको बताएका हुन्। 

'अहिले गभर्नर नियुक्तिको चर्चा चलेको छ। भोलि पर्सि नै नियुक्त पनि होला। तर, राजनितीक दलका नेताले भन्दा बिचौलियाले प्रभाव पार्लान् कि भन्ने चिन्ता छ। पहिलेपहिले फलानो पार्टीले राम्रो क्याडेड ल्यायो भन्ने हुन्थ्यो,' उनले भने, 'अहिले निश्चित घराना र प्रभावमा हुने चिन्ता छ । हामी ट्रान्सपरेन्ट नहुनुको नतिजा हो।'

त्यस्तै उनले संख्याकै आधारमा सरकार बलियो नहुने बताए। 'एकदमै बलियो सरकार बन्यो भनिरहेका छौँ । प्रत्येक सरकार बलियो हुन्छ । दुईतिहाइ संख्याको हिसाबले बलियो हुने भए योभन्दा अघिको सरकार बलियो थियो,' उनले भने।  

सरकारले उठाउने जोखिमले बलियो कि कमजोर भन्ने देखाउने उनको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad