राजनीति


शिक्षकका माग छिटै पूरा हुन्छन्, उहाँहरू अब घर जानुहुन्छ: प्रधानमन्त्री

शिक्षकका माग छिटै पूरा हुन्छन्, उहाँहरू अब घर जानुहुन्छ: प्रधानमन्त्री

नेपालखबर
चैत २३, २०८१ शनिबार १४:३२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।  शनिबार थाइल्यान्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षकको माग पूरा गर्ने प्रतिबद्धता जनाएका हुन्।  

उनले शिक्षकहरू अहिलेको सरकासँग विश्वास गरेर र यो सरकारले आफ्ना आवाज सुन्छ भनेर प्रदर्शनमा आएको भन्दै धन्यवाद दिए।  

‘शिक्षकहरूलाई म धन्यवाद भन्न चाहन्छु। किनभने सरकारमाथि विश्वास गरेर उहाँहरू यो प्रदर्शनमा आउनुभएको छ। नत्र पहिला प्रदर्शन गर्नुहुन्न थियो नि यसरी। किनभने प्रदर्शन गर्‍यो गर्‍यो कानमा बतास लाग्दैन भने किन प्रदर्शन गर्ने भन्ने हुन्थ्यो,' उनले भने, 'अहिले आवाज उठाएपछि सरकारले सुन्छ भन्ने विश्वास छ। त्यसकारण आउनुभएको हो। हामी कुराकानी पनि गर्छौं। हामी उहाँहरूका कुरा सुन्छौँ पनि। न उहाँहरू सरकार विरोधी हो, न सरकार उहाँहरू विरोधी हो। यो सबै हामी एउटै हौँ। के कस्तो गर्न सकिन्छ, के गर्नुपर्छ भन्नेकुरा परस्परमा बसेर  सल्ला गरेर टुंगिने हो। धेरै यसमा उहाँहरूले पनि दुःख नपाए हुन्छ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad