राजनीति


राजावादीविरुद्ध एकीकृत समाजवादीले देशभर प्रदर्शन गर्ने

राजावादीविरुद्ध एकीकृत समाजवादीले देशभर प्रदर्शन गर्ने

नेपालखबर
चैत २३, २०८१ शनिबार १४:४०, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले तीनकुनेमा भएको प्रदर्शनका क्रममा आफ्नो पार्टीमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गर्दै यही चैत २५ गते देशभर विरोध प्रदर्शन एवं सभा गर्ने भएको छ। पार्टीले घटनाको निष्पक्ष छानबिन गरी त्यसमा संलग्न दोषीलाई कानुनी कारबाहीका निम्ति दबाब दिने उद्देश्यले विरोध प्रदर्शन एवं सभा गर्न लागेको हो।

पार्टी मातहतका कमिटीले देशभरका पालिका, वडा तह, प्रदेश, क्षेत्रमा विरोध प्रदर्शन गर्ने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।

उक्त घटनाबाट पार्टीमा पुगेको क्षति विवरण संकलन गर्न केन्द्रीय उपमहासचिव रामकुमार भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। पछिल्लो विकसित राजनीतिक घटनाक्रम, अन्तर्राष्ट्रिय परिस्थितिबारे जनतालाई सुसूचित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति मुलुकमा सुशासन, रोजगारी, समृद्धिलगायत विषयमा देशभर राजनीतिक सभा गर्ने कार्यसूची छ।

पार्टीले संगठन सुदृढीकरणका निम्ति जनताको आर्थिक तथा सामाजिक न्यायको अवस्था अध्ययन गरी उनीहरूको गरिबी निवारण, सुशासन, जनजीविकाकेन्द्रित आन्दोलनका कार्यक्रम बनाएको छ। मुलुकमा राजनीतिक आडमा भएका विकृतिबारे भन्डाफोरबाट प्रस्ट पारिने जनाइएको छ।

सम्बन्धित कमिटीले सरोकारवाला पक्षसँग सार्वजनिक रूपमा छलफल गरी उनीहरूको सुझाव, सल्लाह लिएर पार्टीले अवलम्बन गरेको समाजवादी कार्यक्रमलाई परिमार्जन गरिने जनाइएको छ।

राजनीतिक स्थिरताका निम्ति निर्वाचन प्रणाली सुधार गर्ने, जनताको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि समाजवादी कार्यक्रम कार्यान्वयन गर्ने विषयमा जनस्तरबाट आएका सुझाव समावेश गरिनेछ। पार्टीले यही चैत २ देखि आउँदो वैशाख २२ गतेसम्म सञ्चालन गरेको अभियान जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad